नेप्सेमा सामान्य उकालाे

39

काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से सूचक २.७० अंकले बढेको छ । यससँगै सूचक १९६८.०६ विन्दुमा आएको छ ।

४७ लाख ८९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २७ कम्पनीको १८ सय ७८ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ६१ वटा कारोबार भएको हो । १९ कम्पनीको भाउ बढेको छ भने ४ वटाको मूल्य घटेको छ ।

बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।