काठमाडाैं । सेयर बजार मंगलबार पनि उकालाे लागेकाे छ । साेमबार १६.३९ अंकले बढेकाे सेयर बजार मंगलबार पनि सुधारिँदै ५६.११ अंकले वृद्धि भएकाे हाे ।
मंगलबार नेप्से परिसूचकमा ५६.११ अंकले बढेर १९३०.९९ विन्दुमा पुगेर रोकिएको छ ।
क वर्गको सेन्सेटिभ इन्डेक्स मा ३ प्रतिशतले वृद्धि भएको छ । सेन्सेटिभ इन्डेक्सको ११.२८ अंकले बढेर ३८२.१४ विन्दुमा पुगेको हो । साथै, १८६ कम्पनीको कारोबार भएको छ, जस्मा १८१ कम्पनीको मूल्य बढ्दा जम्मा ३ कम्पनीको मूल्य घटेको छ र २ कम्पनी स्थिर रहेको छ ।