काभ्रेमा निर्वाचनको तयारी तिब्र

138

काभ्रे । मसिंर ४ गते हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले कर्मचारी छनौटको कामलाई अन्तिम चरणमा पु-याएको छ । जिल्ला निर्वाचन कार्यालय तथा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित समितिबाट अनुमोदन भएका कर्मचारीहरुको नामावलीलाई अन्तिम रुप दिदै जिम्मेवारी बाँडफाँडको गृहकार्य भईरहेको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

२०७९ बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा खटिएका कर्मचारीहरुका विषयमा टिका टिप्पणी धेरै भए पछि निर्वाचन कार्यालयले शंशोधन गरेको थियो । कर्मचारी तथा शिक्षकहरु राजनीतिक दलको जिम्मेवारीमा रहेको अवस्थामा समेत निर्वाचनमा खटिँदा उनिहरुबाट हुने निर्वाचनको निश्पक्षता माथि प्रश्न उठाईएको थियो । यो पटक कर्मचारी छनौटमा त्यसो हुन नदिने गरी कर्मचारी संघ संगठनका नेताहरु तथा अन्य माध्यमबाट राजनीतिक दलको जिम्मेवारीमा रहेका ब्यक्तिहरुलाई निर्वाचनमा परिचलान नगर्ने गरी परामर्श गरिएको छ ।