‘ओलीले बेचेँ १० करोडमा सूर्य चिन्ह ’

70

हेटौंडा । नेकपा (एकीकृत समाजवादी) स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री विरोध खतिवडाले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले १० करोड रुपिया“ लिएर राप्रपा नेपालका अध्यक्ष कमल थापालाई सूर्य चिन्ह बेचेको आरोप लगाएका छन् । थापा एमालेको चुनाब चिह्न सूर्य लिएर मकवानपुर–१ मा उम्मेदवार छन् ।

लोकतान्त्रिक वाम गठबन्धनबाट मकवानपुर–२ का उम्मेदवार खतिवडाले राक्सिराङको सरिखेत पला“सेमा भएको अगुवा कार्यकर्ता भेलामा यस्तो आरोप लगाउनुर्भको हो । उनले ओलीले राजाबादी र विखण्डनकारीहरुसग “हातेमालो गर्दै गणतन्त्र र व्यवस्था मास्न लागेको बताउदै भने–“ओलीले १० करोड लिएर यसपटक सूर्य चिन्ह पनि कमल थापालाई बेचे ।

खतिवडाले मकवानपुरमा गठबन्धन बलियो मतसाथ अग्रता कायम गरिरहदा एमालेका उम्मेदवारहरु स्पर्धामा आउनै नसक्ने बताउनुभयो । उनले पश्चिम मकवानपुरको विकासमा आफू र गठबन्धनको लगानीबारे भने– यहाँको विकासमा साढे ३ वर्ष शासन गरेको ओली सरकार र बागमती प्रदेशमा एमालेका डोरमणि पौडेलको सरकारले सिन्को भाचेनन् । बरु, चेपाङ समुदायको क्षेत्रमा विकासका योजना ल्याउन खोज्दा सधैं तगारो हाले ।
खतिवडाले अब बन्ने गठबन्धन सरकारले गाजा विधेयक पारित गर्नुका साथै गाजा मुद्दामा देशभर जेल परेका १० हजार जनालाई जेलमुक्त गर्न विधेयक ल्याइने बताए । मकवानपुरमा गाजा खेतीका लागि भारतीय प्राविधिकले सहयोग गर्दे आएका छन् । यसको बजार मुख्यतः भारत हो । तर, कानुनले गाजा र यसको कारोबारलाई अपराध ठानेकाले प्रहरीले यस्तो कारोबारमा संलग्न मानिसलाई कानुन लगाउने गरेको छ ।