काठमाडौँ । शाओमीले तिहार-२०७९ को शुभ अवसरमा आफ्ना ग्राहकहरूका लागि विभिन्न अफरहरू ल्याएको छ।
अफरअन्तर्गत ग्राहकहरूले कुनै पनि शाओमी, रेड्मी, वा पोको फोनको खरिदमा एमआई टिभी फाेर ए प्राे ३२ जित्ने मौका पाउनेछन्। शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पंडाले नेपालमा शाओमी लन्च भएदेखि नै ग्राहकहरूको अप्रत्याशित माया र समर्थन पाएको बताए।
उनले भने, ‘तिहारको यो अवसरमा हाम्रा ग्राहकहरूका लागि ‘१२ दिन १२ टिभी’ अफर सुरु गर्न पाउँदा हामी अत्यन्त खुसी छौँ। चाडपर्वको अवसर पारी ग्राहक वर्गमा उत्साह थप्न मीका फोन किन्न इच्छुकहरूका लागि मीको टिभी जित्ने अफर ल्याएका छौँ।’ अफरअन्तर्गत कुनै पनि शाओमी, रेड्मी, वा पोको फोनको खरिदमा ग्राहकहरूले एमआई टिभी फाेर ए प्राे ३२ जित्ने मौका पाउनेछन्।
लक्की ड्रमा सहभागी हुनका लागि ग्राहकहरूले दिइएको क्युर आर काेड, स्क्यान वा ३१००७ मा आईएमइआई नम्बर पठाउनु पर्नेछ। प्रत्येक दिन एक जना भाग्यशाली ग्राहकले लक्की ड्रमार्फत् एमआई टिभी फाेर ए प्राे ३२ जित्ने मौका पाउनेछन्। यो अफर कार्तिक २ देखि कार्तिक १३ गते सम्म मान्य हुनेछ।