धनगढी । दार्चुलामा अरिंगालकाे टाेकाइबाट बालकको मृत्यु भएको छ। शैल्यशिखर नगरपालिका ६ ग्वानीमा अरिंगालले टाेक्दा बालकको मृत्यु भएको हो।
आमासँगै मेला गएका स्थानीय ६ वर्षीय प्रशान्तसिंह धामीलाई अरिंगालले टाेक्दा मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय, दार्चुलाका अनुसार आइतबार दिउँसोतिर आमासँगै खर गएका प्रशान्तलाई घर फर्कने बेला अरिंगालले टाेकेकाे थियाे। अरिंगालले टाेकेपछि उनलाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको भए पनि उपचारको क्रममै रातिको नै मृत्यु भएको प्रहरीले जनाएको छ।