सीमित साधनस्रोतका बाबजुद नेपाल प्रहरीले खेल्दै आएको भूमिका प्रशंसनीय: पोखरेल

28

पाेखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सीमित साधनस्रोतका बाबजुद नेपाल प्रहरीले खेल्दै आएको भूमिका प्रशंसनीय रहेको बताएका छन्। ६७औँ प्रहरी दिवसका अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराद्वारा आयोजित श्रद्धाञ्जलि तथा पुरस्कार वितरण कार्यक्रममा उनले यस्ताे बताएका हुन्।

देशमा शान्ति, सुरक्षा र अमनचयन कायम गराउने कुरामा नेपाल प्रहरीले विशिष्ट योगदान गर्दै मुख्यमन्त्री पाेखरेलकाे भनाइ छ। नेपालमा जहानियाँ राणा शासनको अन्त्य गर्दै प्रजातन्त्रको स्थापना गर्न २००७ सालमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको मुक्ति सेनासँग नेपाल प्रहरीको सम्बन्ध जोडिएको उल्लेख गर्दै उनले यस सङ्गठनको ऐतिहासिक गरिमा र महत्त्व रहेको बताए।

प्राकृतिक प्रकोप, शान्ति, सुरक्षालगायतका हरेक घडीमा आफूलाई इमान्दारिता, जिम्मेवारिताका साथ अघि बढाउँदै आएको प्रहरीले व्यावसायिकरूपमा पनि आफूलाई उत्तिकै सक्षम बनाएको उनले बताए। उक्त अवसरमा मुख्यमन्त्री पोखरेलले अमर प्रहरीका परिवारजन, विभिन्न योगदान गर्ने व्यक्तिलाई सम्मान तथा पुरस्कार प्रदान गरे। गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोबाटे विश्वकर्माले नेपाल प्रहरीले देशको शान्तिसुरक्षा, अमनचयनमा निर्वाह गरेको भूमिका प्रशंसनीय भएको बताए।