नवराज गेलालः राजनीति र समाज सेवा जीवन सर्मपित गरेका एक योद्धा

407

भक्तपुर । भक्तपुर जिल्लामा परिचित नाम हो नवराज गेलाल । वि.स २०२२ साल असार १५ गते हालको चाँगुनारायण नगरपालिका वडा न. ३ झौखेलमा गेलालको जन्म भएको थियो । सानैदेखि राजनीतिमा सक्रिय उनी २०३२ सालमा कक्षा ६ मा पढ्देखि नै आन्दोलनको मोर्चामा लागेको बताउछन् । प्रमाण पत्र तहसम्मको अध्ययन गरेका नवराज गेलाल भक्तपुरलाई देशकै नमूना जिल्ला बनाउने अभियानका साथ २०७९ मंसिर ४ गते हुने संघीय संसदको निर्वाचनमा निर्वाचन क्षेत्र १.मा नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका छन् ।
२०४९ सालमा तत्कालिन नेकपा (माले) निकट विद्यार्थीको इलाका स्तरिय विद्यार्थी संगठन उपसचिव भएर उनले काय गरेका थिए । पार्टीको विभिन्न पदमा रहेर काम गरेका गेलाल हाल नेकपा एमालेको बागमती प्रदेश कमिटी सदस्य छन् ।

पार्टीगत परिचयले मात्र उनको चिनारी नपुग्ने भक्तपुरका स्थानीयहरु बताउछन् । सामाजजिक कार्यमा सक्रिय गेलाल २०५४ सालमा सम्पन्न स्थानिय निकायको निर्वाचनमा झौखेल गाउँविकाश समितिको अध्यक्षमा बिजयी भएका थिए । गाविस अध्यक्ष हुदाँ मात्रै नभए २०७४ सालमा जिल्ला समन्वय समिति भक्तपुरको प्रमुख हुदाँ गेलालले खेलेको भूमिकाको सबैले प्रशंसा गर्ने गरेका छन् । भक्तपुर अस्पताल विकाश समितिको अध्यक्ष रहदाँ उक्त अस्पताललाई बागमती प्रदेशकै नमूना अस्पताल बन्न लायक बनाउन गेलालको ठुलो योगदान रहेको स्वयम् अस्पतालकै कर्मचारीहरु बताउँछन् । गेलालले राजनीति र समाज सेवा जीवन सर्मपित गरेका उनको सहकर्मीहरु बताउँछन् ।

तपाईको उम्मेवारी किन ?
यसबारेमा गेलाल भन्छन् भक्तपुर जिल्लाको उत्तरपूर्वी क्षेत्र विकाशको दृष्टिकोणले अलि पछाडी छ, त्यसलाई विकाशमा नमूना बनाउन मेरो उम्मेदवारी हो । अर्कोतर्फ नेपाल मजदुर किसान पार्टीले सधै जित्दै आएको यस निर्वाचन क्षेत्रको समान र समावेशी काम कहिल्यै भएन, त्यसैले सबै क्षेत्र १ न. निवासीको जनताको मनको चाहाना बुझेर यप पटक उम्मेदवारी दिएको उनको भनाई छ ।