चाँगुनारायण प्रदेशमा एमालेलाई राप्रपा नेपालको समर्थन, उम्मेदवारी फिर्ता

179

भक्तपुर । मङ्सिर ४ गते हुने निर्वाचनकोलागि मनोनयन दर्ता गरेका केही उम्मेदवारहरुले आज उम्मेदवारी फिर्ता लिएका छन् । त्यसैक्रममा भक्तपुर जिल्लाको निर्वाचन क्षेत्र १.को(क) चाँगुनारायण नगरपालिका प्रदेशमा राप्रपा नेपालले नेकपा एमालेलाई समर्थन गर्ने भएको छ । राप्रपा नेपालका प्रदेश सभाका उम्मेदवार श्याम प्रसाद नेपालले आफ्नो उम्मेदवारी फिर्ता लिएको जानकारी दिए । आफुले एमालेका उम्मेदवार मोहनवीर श्रेष्ठलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको नेपालले बताए ।
“राष्ट्रबादी शक्ति एकजुट हुने पार्टीको नीति अनुसार एमालेलाई चाँगुनारायण नगरपालिका प्रदेशमा राप्रपा नेपालले समर्थन गर्नेछ, उनले भने ।”