चाँगूनारायणको भूमिमा मोहनवीरको इमान्दारिता, उत्कृष्ट प्रदेश बनाउने प्रतिवद्धता

525

भक्तपुर । मंसिर ४ गते हुने संघीय तह र स्थानीय तहको निर्वाचन हुदैंछ । सो निर्वाचनमा नेकपा एमालेको तर्फबाट भक्तपुर जिल्लाको निर्वाचन क्षेत्र न. १ को प्रदेश सभा (क) तर्फका उम्मेदवार हुन् मोहनवीर श्रेष्ठ । २०२४ साल फागुन १४ गते हालको चाँगुनारायण नगरपालिका वडा न. ४ चाँगुमा जन्मिएका श्रेष्ठले स्नातक तहसम्मको अध्ययन गरेका छन् ।
वि.स २०३८ सालमा अनेरास्ववियूमार्फत विद्यार्थी राजनीतिमा संलग्न भएका उनीहाल एमाले भक्तपुर जिल्ला कमिटीको सचिब हुन् ।

४१ वर्षको अविरल राजनैतिक यात्राको क्रममा समग्र देश र आफू संलग्न पार्टीको राजनितिमा जस्तोसुकै आरोह अवरोह, घुम्तिका साथै मोडहरुमा समेत आफ्नो दायित्व र कर्तव्यबाट विचलित नभएकाले यस पटक पार्टीले विश्वास गरेको उनको भनाई छ । पार्टी र सामाजिक पदमा रहँदा समेत आफुले उच्च नैतिकता देखाएकाले यो पटक यस प्रदेशका मतदाताले माया गर्ने उनको दाबी छ ।

२०५४ सालमा नेकपा एमालेको तर्फबाट चाँगुनारायण गाविसको अध्यक्षमा दुईतिहाई वहुमतका साथ मोहनवीर बिजयी भएका थिए । निर्वाचित भएपछि तत्कालिन समयमा भक्तपुर जिल्लाकै कम्जोर मानिएको गाविसलाई सवल गाविसको दाँजोमा पुर्याउन आफु सफल भएको उनको भनाई छ । गाउँविकाश समितिको अध्यक्ष हुदाँ आफुले गरेको कार्यको मुल्यांकन गर्दै मंसिर ४ गते हुने प्रदेश तर्फको निर्वाचनमा बिजयी बनाए बागमती प्रदेशलाई सवल बनाउन लाग्ने छु, श्रेष्ठले भने ।

एमालेका उम्मेदवारहरुः बायाँबाट क्रमश नारायण सुन्दर शिन्तकला प्रदेश ख, नवराज गेलाल प्रतिनिधी सभा क्षेत्र १. को साथमा मोहनवीर ।
एमालेका उम्मेदवारहरुः बायाँबाट क्रमश नारायण सुन्दर शिन्तकला प्रदेश ख, नवराज गेलाल प्रतिनिधी सभा क्षेत्र १. को साथमा मोहनवीर ।

राजनैतिक पृष्ठभूमिः
मोहनवीर श्रेष्ठ २०३८ सालदेखि अनेरास्ववियूमार्फत विद्यार्थी राजनीतिमा संलग्न हुँदै २०४२ सालको स्ववियु निर्वाचनमा नवदुर्गा बहुमुखी क्याम्पसमा अनेरास्ववियुको तर्फबाट उम्मेदवार बनेका थिए । २०४७ साल पौषमा तत्कालिन ने क पा (माले) को संगठित सदस्यता लिएका थिए । ‘२०४६ सालको जनआन्दोलनताका ललितपुरमा र २०६२-०६३ को जनआन्दोलनमा भक्तपुर जिल्लाबाट आन्दोलनलाई थप उत्कर्षमा पुयाउन जिम्मेवारी लिए सडकमा उत्रिएको थिए,’ उनले भने । जिल्लामा लामो राजनितिक यात्राको क्रममा रहँदा पनि हालसम्म राजनैतिक, आर्थिक, सामाजिक छविमा कुनै दाग नलागेका नेताको रुपमा श्रेष्ठ चिनिन्छन् ।