मुख्यमन्त्री राउतले गरे उम्मेदवारी दर्ता

47

वीरगन्ज । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पर्सा क्षेत्र नम्बर १ (ख) बाट प्रदेश सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन्। जनता समाजबादी पार्टीका नेता रहेका उनले सोही दलबाट उम्मेदबारी दिएका हुन्।

नेकपा एमाले र जनता सामाजबादी पार्टीबीच भएको गठबन्धन अनुसार क्षेत्र नम्बर १ को ‘ख’ जसपाले पाएको छ । सोही क्षेत्र बाट २०७४ सालको निर्वाचनमा जसपाबाट नै राउत प्रदेश सदस्यमा निर्वाचित भएका थिए । उनी प्रदेश सभाको पुरै कार्यकाल मुख्य मन्त्री बन्न सफल भएका थिए।