काठमाडौँ क्षेत्र नं. २ (ख) मा प्रशिक्षक खड्काद्वारा स्वतन्त्र उम्मेदवारी दर्ता

65

काठमाडौँ । तेक्वान्दो प्रशिक्षक अशोक खड्काले प्रदेशसभा चुनावका लागि मनोनयन दर्ता गरेका छन्। आइतबार बिहान काठमाडौँको थलीस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले काठमाडौँ क्षेत्र नं. २ (ख) बाट स्वतन्त्र उम्मेदवारी दर्ता गरेका हुन् ।

तेक्वान्दोमा अन्तर्राष्ट्रिय स्वर्ण पदक विजेता खड्काले ‘छल्नेलाई भन्दा बदल्नेलाई खोजौँ, देश निर्माणका लागि युवालाई नै रोजौँ’ भन्ने नाराका साथ उम्मेदवारी मनोनयन दर्ता गरेका हुन्।