काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा-५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
ओलीले यही मंसिर ४ गतेका लागि तय भएकाे प्रतिनिधिसभा निर्वाचनका लागि आज आइतबार झापा-५ बाट उम्मेदवारी दर्ता गराएका हुन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका ओलीलाई साे क्षेत्रमा राप्रपाले समर्थन गरेको छ । उनी अघिल्लो निर्वाचनमा पनि झापा-५ बाटै निर्वाचित भएका थिए ।














