विनोद चौधरीले नवलपरासी- १ मा पाए टिकट

57

काठमाडाैँ । नेपाली कांग्रेसले प्रतिष्ठित व्यापारी विनोद चौधरीलाई नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)- १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि टिकट दिएकाे छ ।

अर्बपति चौधरी पहिलोपटक नेपाली कांग्रेसबाट प्रत्यक्ष उम्मेदवार बन्न लागेकाे उनी निकट स्राेतले जानकारी दिएकाे हाे ।

प्रत्यक्ष चुनावका लागि दलहरूबाट पटक-पटक समर्थन पाएका चाैधरीले त्यसलाई अस्वीकार गर्दै समानुपातिकबाट प्रतिनिधिसभा सदस्य रहेका बनेका थिए । २०६४ को संविधान सभा चुनावमा एमालेबाट समानुपातिक सभासद बनेका चौधरी २०७४ मा भने कांग्रेसबाट समानुपातिक सांसद बनेका थिए ।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)- १ बाट जनता प्रगतिशील पार्टीका नेता हृदयेश त्रिपाठी पनि चुनाव लड्दैछन् ।