काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभा निर्वाचनका लागि चितवन-२ बाट उम्मेदवारी दिने भएका छन् ।
आगामी मंसिर ४ गतेका लागि तय भएकाे प्रतिनिधिसभा निर्वाचनका लागि उनले चितवन-२ बाट चुनाव लड्ने भएका हुन् ।
पार्टी निकट स्राेतका अनुसार लामिछाने आज आइतबार उम्मेदवारी दर्ता गराउन चितवन जाँदैछन् । यसअघि चितवन- ३ बाट चुनाव लड्ने चर्चा रहेका उनी- २ बाट चुनाव लड्ने भएका हुन् । चितवन-२ बाटै सत्ता गठबन्धनकाे तर्फबाट उमेश श्रेष्ठले उम्मेदवारी दिँदै छन् ।