भक्तपुरमा कुन पार्टीले भोली कति बजे उम्मेदवारी दर्ता गर्ने ?

154
सांकेतिक तस्विर

भक्तपुर । मङ्सिर ४ गते हुने संघीय सासद र प्रदेश सभाको निर्वाचनकोलागि भोली मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ । त्यसको लागि भक्तपुर जिल्लामा रहेका राजनीतिदलहरुले कति बजे मनोनयन दर्ता गर्दै छन् हेर्नुहोस । १. नेकपा एमालेले १ न. निर्वाचन क्षेत्रमा १ बजे र २ मा ११ बजे उम्मेदवारी दर्ता गर्ने जानकारी दिएको छ । २. नेपाली काङ्ग्रेसले भोली २ बजे दुबै क्षेत्रको उम्मेदवारी दर्ताको तयारी गरेको छ । ३. राप्रपाले भोली १:३०  बजे उम्मेदवारी दर्ता गर्ने तयारी गरेको छ । ४. राप्रपा नेपालले भने बिहान १० बजे नै उम्मेदवारी दर्ता गर्ने तयारी रहेको जानकारी दिएको छ । नेमकिपा र नेकपा माओवादी केन्द्रले जानकारी दिएका छैनन् ।