भक्तपुर । नेपाल रेडक्रस सोसाईटी सुर्यविनायक नगरपालिका वडा नं ५ कटुञ्जेमा उपशाखा विरुद्धमा वडा बासिहरुले बुझाए ध्यानाकर्षण पत्र बुझाएका छन् ।
जिल्ला शाखा भक्तपुरले आफ्नो उपशाखा विस्तार गर्ने क्रममा रेडक्रसको विधि,विद्यान र मूल्य मान्यता विपरीत रहेर अबैधानिक ढङ्गले आजिवन सदस्यहरु बनाएको स्थानियको आरोप छ । सार्वजनिक सुचना भेला आयोजना नगरि आजिवन सदस्य वितरणमा एकलौटी गरि सुशील भैरव उपशाखा खोलिएको उनीहरुको भनाई छ ।
रेडक्रस जस्तो पवित्र सामाजिक संस्थाको उपशाखा विस्तार गर्दा सबै सरोकारवालाहरुलाई समेटेर विस्तार गरिनु पर्नेमा नेपाली कांग्रेस निकट व्यक्तिहरुले आफ्नो पार्टीको जनसंगठन सोचेर गठ्न गरिएको ध्यानाकर्षण पत्रमा भनिएको छ । रेडक्रसको स्थापित सामाजिक मुल्य मान्यतालाई आधार बनाएर आजिवन सदस्य खुला सुचना मार्फत जारि गरि सार्वजनिक भेला गर्नु पर्ने स्थानीयको माग छ । स्थानीय तह सँगको समन्वयमन गठ्न गर्न माग गर्दै स्थानीयले भक्तपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्मा, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुर, सुर्यविनायक नगरपालिका कार्यालय र सुर्यविनायक नगरपालिका वडा नं। ५ कार्यालयमा ध्यानाकर्षण सहित ज्ञापनपत्र बुझाएका हुन् ।