भक्तपुरको सल्लाघारीमा मुस्ताङका च्याङ्ग्रा, कति पर्छ मुल्य ?

560

भक्तपुर । यतिबेला भक्तपुरको सल्लाघारीमा दसैंका लागि बिक्री गर्न मुस्ताङदेखि ल्याइएका च्याङ्ग्राको बजार लागेको छ । भक्तपुर नगरपालिका वडा न १मा रहेको नेपाल ट्रष्टको नाममा रहेको ९९ रोपनी चौउर सल्लाघारीमा जिउँदो च्याङ्ग्रा प्रतिकिलो १३ सय रूपैंयाका दरले बिक्री गरिएको व्यापारीहरू बताउँछन्।

तयारी मासु भने प्रतिकेजी दुई हजार सात सयदेखि दुई हजार आठ सयसम्ममा बिक्री गरिएको व्‍यवसायीहरूको भनाइ छ।
दसैंका बेला बिक्री गर्न भक्तपुरको सल्लाघारीमा करिब सात सय च्याङ्ग्रा ल्याइएको छ। सल्लाघारीमा च्याङ्ग्रा खरिद गर्न ललितपुर, काठमाडौं, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोकसम्मका सर्वसाधरणहरु आउने गरेका छन् ।

तस्विरः रत्न श्रेष्ठ, रासस