धनगढी । कैलालीमा शनिबार बाढीले बगाएर बेपत्ता भएका पुरुष मृत फेला परेका छन्।
भजनी नगरपालिका वडा नम्बर ८ का ५५ वर्षीय कालुराम चौधरी बाढीले बगाएर शनिबार बेपत्ता भएका थिए।
उनको शव आइतबार वडा नम्बर ८ जनकपुर नजिक फेला परेको जिल्ला प्रशासन कार्यालय, कैलालीले जनाएकाे छ।
शुक्रबार रातिदेखि परेको अविरल वर्षाले कैलालीमा ठुलाे धनजनको क्षति भएको छ।