Thursday, October 8, 2026
Home समाज १२ सय ७७ जना विद्यार्थी चालकमाथि कारवाही

१२ सय ७७ जना विद्यार्थी चालकमाथि कारवाही

31

काठमाडौं । विद्यार्थी लक्षित सुरक्षा चेकिङ अन्र्तगत आज ३६ जना चालकलाई ट्राफिक प्रहरीले कारवारी गरेको छ ।
कारवाहीमा पर्नेमध्ये कागजपत्र साथमा नबोकेका २० जना, सवारी चालक अनुमति पत्र प्राप्त नगरेका १५ जना र तीन जना सवार एक जना विद्यार्थी चालक छन् ।

सुरक्षा सम्वेदनशिलतालाई मध्यनजर गरि साउन अन्तिम साताबाट शुरु गरिएको विद्यार्थी लक्षित बिषेश सुरक्षा चेकिङमा हाल सम्म १२७७ विद्यार्थी चालकलाई कारवारी गरिसकिएको काठमाडौै उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्र प्रसाद भट्टले बताएका छन् ।