काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताले माओवादीको हातमा देशको चाबी दिन चाहेकाे बताएका छन्। स्व. नेता पोस्टबहादुर बोगटीको स्मृतिमा बिहीबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले साे कुरा बताएका हुन्।
आगामी निर्वाचनमार्फत् आफूहरू देशकाे पहिलाे कम्युनिष्ट पार्टी बन्ने दाबी गर्दै उनले जनताले आफूहरूलाई देशकाे जिम्मा दिन लागेकाे बताएका हुन्।
‘जनता अहिले पनि माओवादीको हातमा देशको चाबी दिन चाहन्छन्’, उनले भने, ‘देशको राजनीति कता जाने माओवादीले चाहेजस्तो हुने देखिन्छ।’ पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाकाे निर्वाचनकाे तयारीमा तीव्र गतिमा जुट्न आफ्ना नेता तथा कार्यकर्तालाई आग्रहसमेत गरेका छन्।














