आज समितिले जबरालाई पूरक प्रश्न सोध्ने

92

काठमाडौँ । महाभियोग सिफारिस समितिले आज निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पूरक प्रश्न सोध्ने भएको छ।
हिजोसम्म समितिले तयार पारेका ४३ प्रश्नको जवाफ जबराले दिए पछि आज पूरक प्रश्न सोध्नका लागि जबरालाई बिहान ९ बजे बस्ने बैठकमा बोलाइएको छ।
यसअघि १३ दिनमा समितिका ४ वटा बैठक बसेको थियो। प्रतिनिधिसभाका सांसदहरुको कार्यकाल असोज १ गते नै सकिने भएपछि समितिले अबको एक-दुई दिनमा महाअभियोसम्बन्धी प्रतिवेदनलाई अन्तिम रुप दिने समितिको तयारी छ।
बयान सकिने अन्तिम दिन जबराले आफूमाथि लागेको महाभियोगको जड प्रतिनिधिसभा विघटनको फैसला भएको दाबी गर्दै सबै आरोप निराधार र कृत्रिम भएकाले निष्क्रिय गरिदिन समितिलाई आग्रह गरेका थिए।
गत १ फागुनमा प्रतिनिधिसभामा जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको थियो।