वीरगन्ज । वीरगन्जको प्रभु हस्पिटलमा एक महिलाले एकै पटक तीन जना शीशुलाइ जन्म दिएकी छिन्। प्रभु हस्पिटलमा उपचाररत पर्सा जिल्लाको पर्सागढी नगरपलिका वडा नंबर ९ का वृज चौधरी थारुकी पत्नि ललिता देवि थरुनीले एकैपटक ३ जना बच्चालाई जन्म दिनु भएको हो ।विहे भएको १० बर्षपछि चौधरी दम्पतीले एकै पटकमा तीन जना छोरालाइ जन्म दिएका हुन् ।
सन्तान प्राप्तिका लािग १० वर्षदेखि विभिन्न अस्पताल चहार्दा चहार्दै उपचार नभएपछि आईभिएफ प्रविधि अपनाएर गर्भ बसेको थियो । आर्थिक अवस्था कमजोर भएका थरुनीलाई प्रभु हस्प्टिलका स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. लक्ष्मी थापाको टिमले शल्यकृया गरेर तीनवटै बच्चा जन्मिन सफल भएको हो ।
सुत्केरीको बेथा लागेपछि थरुनीलाइ विभिन्न अस्पतालमा लग्दा अन्यत्र लैजान सल्लाह दिएपनि प्रभु हस्पिटलका डाक्टरले जोखिम मोलेर शल्यक्रिया गरेका हुन् । हाल आमा र तीन जनै बच्चा सकुसल रहेको अस्पतालले जनाएको छ ।