धनगढी । पाँच दिनअघि धनगढीबाट हराएकी एक बालिकाकाे शव मोहना नदीमा फेला परेको छ।
साेमबार कैलालीको धनगढीबाट बेपत्ता भएकी आस्था शर्माको शव आज बिहान माेहाेना नदी किनारमा फेला परेकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक बेदप्रकाश जाेशीले बताए।
सोमबारबाट बेपत्ता रहेकी धनगढी उपमहानगरपालिका-१३ की १५ वर्षीया शर्मा शुक्रबार बिहान मोहना नदीमा मृत भेटिएकी हुन्। सोमबार उनी विद्यालय जान्छु भनेर घरबाट हिँडेकी थिइन्।
त्यसपछि बेपत्ता भएकी उनको खोजीको लागि प्रहरी टोली खटिएको थियो। खोज्ने क्रममा आज उनको शव भारततर्फको हल्दुघाटस्थित मोहना किनारमा फेला परेको हो। शवले लगाएको ट्र्याकको गोजीमा आस्था शर्मा लेखिएको कागज फेला परेको कैलाली प्रहरीले जनाएको छ।
उक्त कागजमा कविता लेखिएको र कविताको अन्त्यमा आस्था शर्मा लेखिएको शव फेला परेको प्रहरी नायव उपरिक्षक जाेशीले जानकारी दिए। उनका अनुसार मृतकका आफन्तले पनि उक्त शव आस्थाकाे रहेकाे पुष्टि गरेका छन्। प्रहरीले थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।