कोरोना संक्रमण बढ्दे आज यति पुग्यो संख्या

77

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जन संख्या मन्त्रालयका अनुसार देशभर गरिएको १ हजार ९ सय ५६ पिसिआर परीक्षणका क्रममा १ सय २८ जना र १ हजार ८ सय ८० एन्टीजेन परीक्षणका क्रममा १ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण बुधबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ७८ जना संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा २ हजार ५ सय ५ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।