भक्तपुर । प्रहरी वृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा भन्सार छलेर ल्याएको कपडा बरामद गरेको छ । प्रहरीले धनुषा जिल्लाको ढल्केबरबाट भक्तपुर तर्फ आउँदै गरेको प्रदेश २-०३-००१ ख १९९७ नम्बरको गाडीबाट उक्त सामाग्री जफत गरेको छ । सर्लाही, हरिवन नगरपालिका वडा नं ११ स्थाई घर भएका बर्ष २५ को किरण बिश्वकर्माले चलाई ल्याएका थिए । गाडीको पछाडी पट्टी ढालामा बाहिर पट्टी सिमेन्ट राखी भित्र पट्टी लुकाई छिपाई ल्याएको जुट र प्लाष्टिकको १६ वटा बोरा भित्र बिना बिलको भन्सार छली ल्याएका सामाग्री भेटिएको हो ।
उक्त कपडा बजार मुल्य एक्काईस लाख पचास हजार दुई सय पैसठ्ठी रुपैयाँ बराबरको मूल्य रहेको छ । जसमा विभिन्न कम्पनीका लेडिज साडीहरु, कुर्था सलवार लगायतका सामानहरु छन् । बरामद गरी थप अनुसन्धान तथा कारवाहीको लागि उक्त सामानहरु सहित गाडी र गाडी चालकलाई समेतलाई राजश्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोक ललितपुर पठाईएको प्रहरीले जानकारी दिएको छ ।