आज प्रतिनिधिसभाको बैठक बस्दै

57

प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संसद् भवन नयाँ बानेश्वरमा आज दिउँसो १ बजे बैठकमा केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ माथिको दफावार छलफलको प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

सो विधेयक कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) प्रस्तुत गर्नेछन्। त्यस्तै सोही विधेयकलाई निर्णयार्थ पेस गर्ने कार्यसूची रहेको छ ।