चोलेन्द्र समितिमाथि नै खनिए, बैठक स्थगित

43

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँगको सोधपुछ स्थगित भएको छ। बिहीबार बसेको महाभियोग सिफारिस समितिको बैठकमा राणाले उनीसँग सोधिएको प्रश्नको जवाफ दिनुभन्दा पनि समितिमाथि नै आरोप लगाएका थिए।

राणाको आरोपसहितको जवाफलाई सत्ता पक्षका समिति सदस्यले आपत्ति जनाएका थिए। यस्तो अवस्थामा बैठक चलाउने कि नचलाउने भन्ने विवादपछि आगामी भदौ १९ गते आइतबार बस्ने गरी बिहिबारको बैठक स्थगित भएको हो ।

नेपाली कांग्रेसका सचेतक समेत रहेका समिति सदस्य मीन विश्वकर्माले राणाले जवाफ दिने क्रममा बुधबारको बैठकमा अरुलाई आरोप लगाए पनि बिहिबारको बैठकमा समिमिमाथि नै खनिएको बताए। ‘राणाले संसद र समितिमाथि नै प्रश्न गरे, सोधेका प्रश्नको जवाफ दिएनन्,’ विश्वकर्माले भने। राणाले हिजो सर्वोच्च अदालतकै न्यायाधीश र अन्य व्यक्तिमाथि आरोप लगाएका थिए।