काठमाडौं । टोखा नगरपालिका–४ धापासी भेटघाट चोकस्थित घरमा जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । फक्राउ पर्नेमा उदयपुर गाइघाट घर भई काठमाडौं बसुन्धारा बस्ने ३२ वर्षीया रिता दनुवार लगायत ८ जना छन् । उनीहरुलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।













