चितवनको भरतपुर महानगरपालिका–२९ केराबारीस्थित मुग्लिन–नारायणगढ सडकमा बिहीबार बिहान पहिरो जाँदा सडक पूर्णरुपमा अवरुद्ध भएको छ । प्रहरी चौकी जुगेडीबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।
पर्वतको मोदी गाउँपालिका–५ अम्बोटस्थित पोखरा बाग्लुङ सडक खण्डमा बिहीबार बिहान पहिरो जाँदा सडक पूर्णरुपमा अवरोध भएको छ । प्रहरी चौकी देउपुरबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।
लमजुङको मर्स्याङदी गाउँपालिका–८ सिमलचौरस्थित बेसीशहर मानाङ जाने बैकल्पिक बाटोमा बिहीबार बिहान पहिरो जाँदा सडक पूर्णरुपमा अवरोध भएको छ । प्रहरी चौकी खुदीबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–१ सत्र नम्बर र भलायो डाँडास्थित चतरा बराहक्षेत्र भित्री सडकमा बिहीबार बिहान पहिरो जाँदा सडक पूर्णरुपमा अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय चतरा र प्रहरी चौकी बराहक्षेत्रबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरेको छ ।














