काठमाडौँ । निलम्बित प्रधान्यायाधीश चोलेन्द्रशमशेर राणा बुधबार करिब साढे तीन घन्टासम्म महाअभियोग सिफारिस समितिमा आफूबिरुद्ध लागेका आरोपहरुको सफाइ पेश गरी निस्किएका छन्।
उनलाई थप जवाफका लागि बिहीबार ११ बजे फेरि महाअभियोग सिफारिस समितिमा बोलाइएको छ। महाभियोग सिफारिस समितिमा सोधपुछको जवाफ दिने क्रममा उनले महाभियोगका सम्बन्धमा संसदको नियमावलीको नै पालना नभएको भन्दै उनले भनेका छन्, ‘महाभियोग स्वतः निष्कृय भइसकेको छ। म नागरिकको रूपमा संसदको सम्मानका लागि मात्रै यहाँ आएको हुँ।’
न्यायपालिकालाई नै कमजोर बनाउन खोजिएको आरोप पनि प्रधानन्यायाधीश जबराले लगाएका छन्। ‘प्रधानन्यायाधीशलाई कमजोर बनाएर समग्र न्यायपालिकालाई नै कमजोर बनाउन खोजियो’, उनले भने।उनले आफू विधि र पद्धतिबाट आएको भन्दै ‘राजनीतिक दल र सञ्चारमाध्यमको दबाबमा काम गर्दिन’ भनेका हुन् ।
‘त्यसका लागि मलाई महाअभियोग लगाइयो’, उनले भने, ‘दीपक कार्कीलाई प्रधानन्यायाधीश बनाउन यो सबै गरिएको हो। मसँग पनि तीन-चारपटक उनलाई प्रधानन्यायाधीश बनाउन बाटो खोल्न भन्दै आएका थिए। मैले यसरी न्यायपालिका चल्दैन भनेर अस्वीकार गरेको हुँ।’