काठमाडौँ । काठमाडौँको नारायणचौर नक्सालस्थित सेन्ट्रल प्लाजाको अन्डरग्राउण्ड निरीक्षणका लागि पुगेको काठमाडौँ महानगरपालिकाको टोली कुनै कारबाही बिना फर्किएको छ।
नक्साअनुसार अन्डरग्राउण्ड प्रयोग भएको वा नभएको हेर्न महानगरको टोली त्यहाँ पुगेको थियो।
वडा कार्यालयका प्रतिनिधि र नगर प्रहरीसहितको टोलीलाई सेन्ट्रल प्लाजा सञ्चालकले स्वीकृत नक्सामा पार्किङ नभएको दाबीसहित नक्सा देखाएको थियो। त्यसपछि महानगरपालिकाको टोली फर्किएको नगर प्रहरी प्रमुख राजु पाण्डेले बताएका छन्। उनका अनुसार सेन्ट्रल प्लाजाले देखाएको नक्सा र महानगरको नक्सा विभागमा रहेको सो भवनको नक्सा तुलना गरेर मात्र निर्णयमा पुग्ने छ।