काठमाडाैँ । नेपाली कांग्रेसका स्व.नेता प्रदीप गिरिकी भाइ बुहारी तथा नेपाल सद्भावना पार्टीकी नेतृ सरिता गिरिले पार्टी परित्याग गरेकी छन्। सांसद समेत रहेका कांग्रेस नेता गिरिकाे अन्तिम इच्छा पूरा गर्नकाे लागि आफूले यस्ताे निर्णयले लिएकाे बताउँदै उनले बुधबार पार्टी परित्याग गरेकाे सामाजिक सञ्जालमार्फल घाेषाणा गरेकी हुन्।
‘म दिवंगत माननीय प्रदीपजीको राजनीतिक र सामाजिक रूपान्तरणको एजेन्डालाई अगाडि बढाउनका लागि उहाँको अन्तिम इच्छाअनुसार आफू नेपाल सद्भावना पार्टीबाट स्वतन्त्र भएको घोषणा गर्दछु,’ नेतृ गिरीले लेखेकी छन्, ‘नेपाल सद्भावना पार्टीलाई मैरो सदैव सद्भावना रहने छ।’ कांग्रेस नेता गिरिकाे यही भदाै चार गते शनिबार राति करिब साढे ९ बजेतिर उपचारका क्रममा ललितपुरकाे नख्खुस्थित मेडिसिटी अस्पतालमा निधन भएकाे हाे।