वाइसीएलको अध्यक्ष भए सुबोधराज श्रीपाली

49

काठमाडौं । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन, वाइसीएलको अध्यक्षमा सर्वसम्मत रूपमा सुवोधराज श्रीपाली चयन भएका छन्। काठमाडौंमा भएको वाइसीएलको दोस्रो राष्ट्रिय भेलाबाट आइतबार अध्यक्षमा श्रीपाली चयन भएका हुन्। वरिष्ठ उपाध्यक्षमा ज्ञानेन्द्रबहादुर गुरूङ र महासचिवमा गणेश शाही चयन भएको वाइसीएलका पूर्वअध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाले बताए।
यसअघि वाइसीएल अध्यक्ष सुमन देवकोटा थिए।पदाधिकारीहरू ६१ जनासहित वाइसीएलले ३५१ सदस्यीय कार्यसमिति पनि चयन गरेको छ।