नेक्स्ट सुपर मोडल नेपालको आवेदन खुला

57
काठमाडौं । ट्यालेन्ट पिक इन्कर्पोरेटले सौन्दर्य प्रतियोगिता ‘नेक्स्ट सुपर मोडल नेपाल २०२२’ को लागि आवेदन खुला गरेको छ । सन् २०२२ को संस्करणको लागि आवेदन खुल्ला भएको हो ।

१८ वर्षदेखि माथि उमेर समूहका युवायुवतीले सहभागिता जनाउन सक्ने छन् । प्रतियोगितामा युवकको हकमा कम्तीमा ५ फिट ५ इन्च र युवतीको हकमा कम्तीमा ५ फिट उचाई हुनु पर्ने प्रावधान छ ।

प्रतियोगिताको अडिसन ११ भदौमा हुनेछ । अडिसनबाट छनोट भएका प्रतियोगीले फाइनलमा सहभागी हुन पाउने आयोजक परमानन्द चौधरीले बताए । अडिसनमा सहभागी हुन इच्छुक प्रतिस्पर्धीले ग्लोबल अनलाईन पेमार्फत आवेदन दिन सक्नेछन् ।

आयोजक संस्थाकी मेनेजर स्वस्ती दंगालले अन्तिम स्पर्धाका लागि छानिएका प्रतियोगीलाई करिब एक महिनासम्म व्यक्तित्व विकास, सञ्चार कला, पब्लिक स्पिकिङ, शारीरिक फिटनेस, ¥याम्प वाक, बडी ल्याङ्वेज, फोटोसुट, एक्सप्रेसनलगायतका ग्रुमिङ कक्षामा सहभागी गराइने बताइन् । प्रतियोगिताको विजेताले दुई लाख रुपैयाँ बराबरको उपहारसहित अन्तर्राष्ट्रिय फेसन र मोडलिङ सम्बद्ध विभिन्न आकर्षक अवसर प्राप्त गर्नेछन् ।