बाँके । जिल्लाको जानकी गाँउपालिका-१ पञ्चपोखरा ईलाकाबाट सशस्त्र प्रहरीले करीब १० लाख रुपियाँ बराबरको ४ सय ५० ग्राम यार्सागुम्बा बरामद गरेको छ । नेपालबाट अवैध रुपले भारततर्फ लैजाँदै गरेको उक्त यार्सागुम्बा सोमबार सशस्त्र प्रहरीले बरामद गरेको हो ।
यार्सागुम्बा ल्याउने व्यक्ति गस्तीमा रहेको सशस्त्र प्रहरीलाई देख्नासाथै उक्त यार्सागुम्बा सोही ठाउँमा छाडेर भागेका थिए ।बरामद गरिएको यार्सागुम्बा आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय नेपालगंज बाँकेमा बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए।













