१२ पसलमा शिलबन्दी

32

बाजुरा । जिल्ला प्रशासन कार्यालय बाजुरा र बडीमालिका नगरपालिकाले बुधबार दिउँसो सदरमुकाम मार्तडीमा संयुक्त अनुगमन गरेको छ । अनुगमनका क्रममा सदरमुकाम मार्तडी रोहित क्लिनिक मेडिकल सहित ११ वटा खुद्रा तथा कपडाका पसल शिलबन्दी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बहादुर विष्टले एक सूचना जारी गर्दै जानकारी गराउनु भएको छ। मार्तडी बजारमा रहेको रोहित मेडिकलमा सम्बन्धित विषयमा अध्ययन गरेको स्वास्थ्यकर्मी नबसेको पाईएपछि सिलबन्धी गरेको हो ।

मेडिकल सञ्चालकसंग सम्बन्धित प्रमाणपत्र भटिएन । आवश्यक कागजात नभएपछि दर्ता प्रमाणसहित दर्तामा संलग्न भएको व्यक्तिले प्रशासनमा उपस्थित हुने गरी शिलबन्दी गरेको बडीमालिका नगरपालिकाकी उपप्रमुख तथा बजार अनुगम समिति संयोजक नन्दा कुमारी थापाले बताए ।

रोहित क्लिनिक मेडिकलमा आधिकारिक व्यक्ति भन्दा पनि अनाधिकृत व्यक्तिले औषधी विक्री वितरण गर्ने गरेको र जनताको स्वास्थ्यमा समेत खेलबाड हुने भएकाले आवश्यक काजगातसहित आधिकारिक व्यक्तिलाई प्रशासनमा उपस्थित हुन सार्वजनिक रुपमा पत्र टाँस गरी शिलबन्दी गरेको उपप्रमुख तथा अनुगमन संयोजक थापाको भनाइ छ ।

यस्तै बजार अनुगमनका क्रममा खाद्य तथा कपडा व्यवसायीका ११ वटा पसल शिलबन्दी गरिएको छ । व्यापारीले पान नम्बर नराखेको विल मार्फत भुक्तानी नदिने गरेको,होडिङ्ग बोर्ड नराखेकाले सिलबन्दी गरिएको जिल्ला निरीक्षण अधिकृत तथा सहायक प्रमुख जिल्ला अधिकारी लोकन्द्र विष्ट द्वारा हस्ताक्षेरित सूचनामा उल्लेख गरिएको छ।