रामेछाप । नागरिकताको दोहोरो सिफारिस गरेको आरोपमा प्रहरीले वडा सचिवलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उमाकुण्ड गाउँपालिका( ४ का वडा सचिव पदमकुमारी बस्नेतलाई रहेकी हुन्।
बस्नेतलाई इलाकाप्रहरी चौकी उमाकुण्डले बुधबार पक्राउ गरेको रामेछापका प्रहरी प्रवक्ता राजु प्रसाद ढकालले जानकारी दिए । बस्नेतलाईप्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धानगरिरहेको ढकालले बताए । वडा सचिव बस्नेतले २०७५ सालमै नेपालीनागरिकता बनाइसकेकि सोही स्थानकी निर्मला बस्नेतले पुनःनागरिकताको सिफारिस गरेकि थिइन् ।
वडा कार्यालयको सिफारिससहित जिल्लाप्रशासन कार्यालय रामेछापमा बस्नेतले बहिनीको विद्यालयको कागजाजको आधारमा सिफारिस सहित नागरिकताबनाउन आएको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ । प्राप्तकागजाजकाआधारमा निर्मला बस्नेतमाथि नागरिकता फाँटका कार्मचारीहरुले शंका व्यक्त गरेपछि घटना बाहिर आएको थियो । सो क्रममा उनीहरुले निर्मलामाथि सोध खोज गरेका र सो क्रममा उनका कागजपत्र प्वाल परेको र नामभएको ठाउँमा पनि केरमेट् गरीएको भेटिएपछि उनको माग दाविमाखोट देखिएको थियो ।












