मुगु । सरकारले मुगुको लागि प्रदान गरेको नुन बिक्री वितरण नहुँदै डिपो कार्यालयबाटै गायब भएको छ । सरकारले मुगुको लागि दिइएको ३२० बोरा (१५९ क्विन्टल) अनुदानको नुन वितरण नहुँदै सदरमुकाम गमगढी बजारमा रहेको डिपो कार्यालयबाटै गायब भएको हो ।
ढुवानीको जिम्मेवारी पाएको रारा छायाँनाथ एयर काग्रो एण्ड ढुवानी सेवाले ल्याएको २ हजार ७०० क्विन्टलमध्ये १५९ क्विन्टल (३२० बोरा) नुन गमगढी स्थित साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड डिपो कार्यालय मुगुबाट हराएको ठेकेदारको दाबी छ ।
आर्थिक बर्ष २०७८/०७९ को लागि पहिलो पटक १५ सय क्विन्टल र दोस्रो पटक १२ सय क्विन्टल गरी कुल २ हजार ७०० क्विन्टल नुन नेपालगञ्जदेखि साल्ट ट्रेडिङ्ग लिमिटेड डिपो कार्यालय मुगुलाई बुझाएको रारा छायांनाथ एयर कार्गो एण्ड ढुवानी सेवाका सञ्चालक रामचन्द्र भामले बताए ।