काठमाडौं । आतङ्कवादी संस्था अल कायदाका नेता आइमन अल जवाहिरी अफगानिस्तानमा मारिएका छन् । अमेरिकी सेनाको हवाई कारबाहीमा उनी मारिएका अमेरिकाका विभिन्न मिडियाले सोमबार जानकारी दिएका छन् ।
ती मिडियाका अनुुसार सोमबार अफगानिस्तानमा ड्रोनबाट गरिएको आक्रमणबाट ती अल कायदाका नेता मारिएका हुन् । यस विषयमा ह्वाइट हाउसले सुरुमै केही सूचना दिएको छैन । अमेरिकी राष्ट्रपति जो बाइडेनले यस विषयको जानकारी दिने बताइएको छ ।













