Tuesday, September 22, 2026
Home समाचार एसईई पुरक परीक्षा भदौ ११ र १२ गते

एसईई पुरक परीक्षा भदौ ११ र १२ गते

270
फाइल तस्विर

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा एसईईको पुरक परीक्षा आगामी भदौ ११ र १२ गते हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० सानोठिमी भक्तपुरले ग्रेडबृद्धि परीक्षाको समय तालिका आइतबार प्रकाशित गरेको हो।

गत वैशाखमा भएको एसईई परीक्षामा भाग लिएका विद्यार्थीले बढीमा दुई विषयमा मात्र ग्रेडबृद्धि गर्न पाउनेछन्। भदौ ५ गतेभित्र विद्यार्थीले शिक्षा विकास तथा समन्वय इकाइमा निवेदन पेश गर्नुपर्ने हुन्छ। ‘सी’ वा ‘सी’ ग्रेडभन्दा कम प्राप्त गरेका विषयमध्ये परीक्षार्थीले चाहेको दुई विषयमा पुरक परीक्षा दिन पाउनेछन्।

दुई विषयसम्म अनुपस्थित रहेक विद्यार्थीले पनि पुरक परीक्षा दिन पाउनेछन्। परीक्षा समय बिहान ८ देखि ११ बजेसम्म हुनेछ। भदौ ११ मा अंग्रेजी विषय र १२ मा आफूले परीक्षा दिनेमध्ये अर्को विषयको परीक्षा हुने कार्यालयले जनाएको छ।