एसईईमा ९ हजार ६३३ जनाले ल्याए ‘ए प्लस’

112
फाइल तस्विर

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ।

बुधबार अपराह्न बसेको बोर्ड बैठकको निर्णयअनुसार एसईईको नतिजा सार्वजनिक गरिएको हो। सार्वजनिक नतिजाअनुसार उच्च जीपीए ‘ए प्लस’ ल्याउने ९ हजार ६३३ जना रहेका छन्।  गत ९ वैशाखदेखि सुरु भएको परीक्षामा ११ हजार ६१५ विद्यालयका पाँच लाख १४ हजार ७ सय ६० जना परीक्षार्थी सहभागी थिए। देशभरका दुई हजार ७०० परीक्षा केन्द्रबाट उनीहरुले परीक्षा दिएका थिए। त्यस्तै, ए ल्याउने विद्यार्थीको संख्या ४१ हजार ६ सय २७ छ।