Wednesday, October 7, 2026
Home समाचार एक दिनमा थप ६३८ जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु

एक दिनमा थप ६३८ जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु

55

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९५९ पुगेको छ।

मंगलबार २१८ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ३ हजार ७१४ कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। गत २४ घण्टामा देशभर २ हजार २१५ पीसीआर तथा २ हजार ८४० एन्टिजेन परीक्षण भएको छ।