पहिरोमा पुरिएर तीन जनाको मृत्यु

76

अछाम । तुर्माखाँद गाउँपालिका–२ भुलु बस्ने अम्मर बिष्टको घर गएराति पहिरोले पुरिँदा तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बिष्टको भाइ २६ वर्षीय वीरेन्द्र बिष्टसहित तीन जना रहेका छन् । पहिरोले घर पुरिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी रहफ, प्रहरी चौकी तुर्माखाद र प्रहरी चौकी पाल्तडा दैलेखबाट खटिएको प्रहरीले उनीहरूको शव फेला पारेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक उद्धार कार्य गर्नुका साथै थप अनुसन्धान गरिरहेको छ ।