काठमाडौँ । सर्लाही, धादिङ र मोरङबाट अवैध लागूऔषधसहित चार जनालाई प्रहरीले फक्राउ गरेको छ ।
सर्लाहीको हरिपुर नगरपालिका–९ दनुवारीबाट नियन्त्रित लागूऔषध ४ सय ९५ एम्पुल डाइजेपाम, ५ सय एम्पुल फेनारगन, १ सय ४४ एम्पुल स्पास्मोप्रोक्सभन र ५ सय एम्पुल लेबल तथा नाम नखुलेको लागूऔषधसहित दुई जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो । आर्थिक वर्ष ०७८/०७९ मा प्रहरीले १२ वटा भट्टी पसल बन्द भएको छ भने आठ लाखभन्दा बढी गाँजाका बिरुवा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
१२ भट्टीबाट चार सय ४४ लिटर तयारी मदिरा, ८१ सय लिटर कच्चापदार्थ १२ वटा मेसिनलाई प्रहरीले नियन्त्रण लिएको छ। यस्तै, आठ बिघाहा क्षेत्रफलमा लगाएको आठ लाख गाँजाका बोट समेत नष्ट गरेको छ। यो वर्ष मदिरा पसल तथा गाँजाको अड्डा भएको ठाउँमा निगरानी बढाएपछि केही हदसम्म नियन्त्रण भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी प्रकाश विष्टले जानकारी दिए।
जिल्लाका भित्री बस्तीमा अहिले पनि घरेलु मदिराका कारण हो-हल्ला र झगडा दिनहुँ भइरहेको हुन्छ। सरकारले घरेलु मदिरालाई बजारमा ब्राण्ड बनाउने तयारी गरे पनि व्यवस्थित गर्न नसक्दा विकृति बढ्दै गएको छ। विशेषगरी मजदुर तथा विपन्न वर्गमा झन् समस्या छ। सरकारले निश्चित क्षेत्र छुट्याएर उत्पादनका लागि मापदण्ड बनाए विकृती कम हुने र आयआर्जन पनि हुने बताउँछन् स्थानीय रामकिशोर साह। सरकारले गाँजा खेती तथा मदिरा उत्पादनलाई निश्चित मापदण्ड बनाई सञ्चालन तथा उत्पादन गर्न पाउनु पर्ने व्यवसायीहरूको पनि माग छ।