वडाअध्यक्ष मदिरा सेवन गरेर मोटरसाइकल चलाएको भन्ने, भिडिओ भाइरल, हेरौं

216

काठमाडौं । यतिबेला सामाजिक सजालमा धादिङ जिल्लाको धुनिबेशी नगरपालिका वडा नं ८ का वडा अध्यक्ष रामकृष्ण रेग्मीले मदिरा सेवा गरेर सरकारी नम्बर भएको मोटर साइकल चलाएको भन्ने भिडिओ भाइरल भइरहको छ । बिहान बिहानै सरकारी साधनको दुरुपयोग गरि रक्सी पिएर हिडिरहेको अवस्थामा प्रहरीले चेकजाँच गर्ने क्रममा नियन्त्रणमा लिदा प्रहरीलाई उनले धम्की दिएको आरोप सहित उक्त भिडिओ पोष्ट गरिएको छ ।

यसबारेमा नयाँ नेपाल न्यूज डटकमले वडा अध्यक्ष रेग्मीसंग कुरा गर्दा उनले आफुले मदिरा सेवन नगरेको बताए । रेग्मीले भने म रंग साइटमा हिडेको भनेर ट्राफिकले समातेको हो । हालसालैको घटना नभएको र करिब २८ दिन जति भएको समेत उनको भनाई छ । उनी माओवादी केन्द्र धादिङका नेता समेत हुन् । https://m.facebook.com/story.php?story_fbid=pfbid0vcdU5aQyjtyABw33EXquqQ6zVSCHba374sofSSXo2eoczD6mVCVrjC9CfKiStt96l&id=100075266167247&m_entstream_source=timeline