रोजिना संजेल
भक्तपुर । चागुँनारायण नगरपालिकाको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आईतबार चाँगुनारायण नगरपालिका र इलेक्ट्रो एमएस इन्टरनेशनल नेपाल प्रा।लि भक्तपृरको आयोजनामा भएको चागुँनारायण नगरपालिकाको बिकासमा सञ्चारकर्मी विषयक अन्तरक्रिया कार्यक्रममा नगरपालिकाका प्रमुख जिवन खत्रीले नगरपालिले विगतमा भएको कमि कमजोरीलाई सुधार गर्ने बताए ।
नगरबासीलाई नगरपालीकाले निःशुल्क रगत उपलब्ध गराउने र स्कुलको विधार्थीहरुलाई उपलब्ध गराउदै आएको खाजा खर्चमा रु. १० थपेर दिनेछौँ, नगरप्रमुख खत्रीले भने ।
सामुदायिक विधालयमा विद्युतिय बस चलाउनकोलागि प्राथमिकता दिने नगरपालिकाको तयारी रहेको नगर प्रमुख खत्रीले बताए ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय हरिप्रसाद चापागाईले मिडियाले नकारात्मक समाचारलाई जहिलेपनि अगाडि राखेको हुन्छ जसले गर्दा समाजमा सकारात्मक भन्दा नकारात्मक प्रभाव बढी देखिने गरेको बताए ।
वडा न. ८ का वडाध्यक्ष तथा प्रवक्ता जनक खत्रीले नगरपालिका स्थानियस्तरको समस्या समाधानकोलागी सधैँ तयार रहेको बताए ।