भक्तपुर । बागमती प्रदेश सरकारको निकाय यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्रको जगातिमा रहेको कार्यालय सर्ने भएको छ । कार्यालय प्रमुख नेत्र भट्टराइले आर्थिक चलखेल गर्नकोलागि सो कार्यालय सार्न लागेको स्थानीय बासिन्दा र लेखापढि व्यवसायीले आरोप लगाएका छन् ।
सूर्यविनायक नगरपालिका वडा नं ८ जगातिमा रहेको सो कार्यालय राधेराधे सर्ने तयारी चलिरहेको छ । हाल रहको स्थान निकै सुविधा सम्पन्न भएपनि सार्न लागेको स्थान उपयुक्त नभएको उनीहरुको भनाई छ । कार्यालय मध्यपुरथिमिको राधेराधेस्थित बागमती आयल स्टोरको पछाडिको माइक्रोबस पार्क नजिकै भएको घरमा राख्ने तयारी भएरको सो स्थानका ठाउँ अभाव हुने लेखापढि व्यवसायीले बताए ।