हप्ता दिनमा खानुहोस् यस्ता भोजन,सक्नुहुन्छ एकदिन भोकै बस्नुहोस्

76

काठमाडौं । हामीलाई स्वस्थ रहन खानेकुरा ठुलो भूमिका हुन्छ । त्यसैले हामीले खाना र खाजा खादाँ धेरै कुरामा ध्यान दिन जरुरी हुन्छ । पोषणविदका अनुसार खाना खादाँ मिलाएर खाने हो भने रोग लाग्ने सम्भावना शुन्य बराबर जस्तै हुन्छ ।

खाना कसरी खाने भनेर तपाईँ आफैले सात बार १४ मेन्यू बिहान/बेलुका छुट्एर बनाउनुहोस अनि घरको भान्छामा टाँस्नुहोस् ।

बिहानः सधै तातोपानी एक गिलास खानुहोस् । शारिरिक अभ्यास गर्नुहोस् । हात मुख धुनुहोस् । तपाइँको रुचि अनुसार नास्ता यसरी मिलाएर खानुहोस्
-दुई तीन वटा रोटी, तरकारी वा सामान्य अचारसंग नास्तामा खानुहोस्, फलफुल वा जुस खानुहोस् ।

-गाउँघरमा भए मनतातो दुध खानुहोस् ।
-चना, अण्डा, फलफुल र तातोपानी खानुहोस् ।
-ओखर, दुध, सातु, कालोचिया खानुहोस्
-अण्डा, पाउरोटी जुस खानुहोस् ।
-भुटेको मकै भटमास, भुटेको गहुँ, रोटी दुध खानुहोस्

तपाँई कार्यालय जान ९ बजे नै खाना खानु हुन्छ भने सामान्य खाजा मात्रै खादा राम्रो ।

खानामा के-के खाने
-दाल, भात, अचार, तरकारी, सलाद खानुहोस् ।
-कहिँले काहिँ भात र तरकारीमा झोल (रस) राखेर खानुहोस् । जस्तो गेडागूडी पकाउदाँ । साग पकाउदाँ धेरै नपकाई रस राखेर खादाँ राम्रो ।
-खाना खादाँ सलाद सकेसम्म अनिवार्य गर्नुहोस् जस्तै मुला, गाजँर, काक्रो ।

बेलुकाः रोटी, दाल वा तरकारी सलाद, मनतातो दुध खानुहोस् । कहिँले काहिँ ढिडो खाने बानी गर्दा झन राम्रो ।
-मासु खानु हुन्छ भने बाहिर सकेसम्म नखानुहोस् घरमै ल्याएर थोरै तेल र मसला राखेर आफैं पकाएर खादाँ राम्रो । सातामा एकदिन मासु खानुहोस् ।
-सातामा एक दिन बेलुका खानामा अन्न नखाने बानी गर्नुहोस् । त्यो दिन फलफुल, तातोपानी, ड्राई फुट्स खानुहोस् त्यो पनि ठिक्क मात्रमा खानुहोस् ।
-तरकारी पकाउदाँ साग, गेडागुडी, दाल मध्ये एक दिनमा एकलाई अनिर्वाय गर्नुहोस् ।

तपाईको घरमा कोही बिरामी हुनुहुन्छ भने डाक्टरको सल्लाह बमोजिमको भोजन बनाएर दिन गाह्रो नमान्नु होस् ।

अनिर्वाय के खानु पर्छ ?
-सातामा एकदिन गेडागुडी,
-एकदिन मासु (खाने)लाई
-एकदिन फलफुल
-सातामा दुई दिन रोटी, एक दिन ढिडो खानुहोस्
-दुध, सलाद र साग सके दैनिक खानुहोस् ।