एमाले प्रदेश सांसद र जिल्ला नेतृको प्रेम यसरी बाहिरियो, भिडियो सहित

194

काठमाडौं। कर्णाली प्रदेशका नेकपा एमालेका नेता तथा सल्यानका प्रदेश सांसद गुलाबजंग शाहको प्रेमलिला बाहिरिएको छ । एमाले सल्यानकी जिल्ला कमिटी सदस्य टिका वलीको टिकटक अकाउन्ट बाटयो भिडिओ अपलोड भएको थियो । पार्टीकै एक जिल्ला नेतृसँग अन्तरंग सम्बन्ध झल्किने टिकटक भिडिओ सार्वजनिक भएको छ ।

यस भिडओमा ‘मायाजाल बुन्छु म’ बोलको गीतमा शाह र गुलाबजंगले अभिनय गरेका छिन् । उनीहरू एउटै ओछ्यानमा गाला जोडेर सुतेको देखिन्छ । वलीले गुलाबजंगको गाला पनि सुम्सुम्याएकी छन् । स्मरणीय छ कि उनीहरू दुवै विवाहित हुन् । चुनाव नजिकिँदै गएपछि आफ्नो चरित्र हत्या गर्न त्यस्तो भिडिओ बनाइएको दाबीसमेत उनले गरेका छन् । शाह सल्यान प्रदेश सभा ‘क’ बाट निर्वाचित भएका थिए । उनी कर्णाली प्रदेशसभा संसदको प्रमुख सचेतक समेत छन् भने एमालेको कर्णाली प्रदेश सहइन्चार्ज समेत हुन् ।